इटहरी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेद्बारी दिने पदम भन्छन्:’लोकतन्त्र भनेको दलतन्त्र होइन’

चैत्र २६, २०७८

इटहरी : जसपाका पुर्व केन्द्रीय सदस्य पदम अधिकारीले इटहरी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयर पदमा अधिकारीले उम्मेदवारी दिने भनेका हुन् ।

इटहरीको चिया चौतारीमा आयोजित पत्रकार सम्मेलनमा उनले दलीय वितृष्णाबाट जनतालाई बचाउन आफू उम्मेदवार बन्न लागेको बताए । लोकतन्त्रलाई अहिलेका राजनीतिक दलहरुले दलतन्त्र बनाएको आरोप लगाए ।

नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टीका नेता थिए । जसपा विभाजन भएपछि लोकतान्त्रिक समाजवादी तर्फ लागेका उनले आफू अहिले स्वतन्त्र भएको बताएका छन् ।

बिज्ञप्ति

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP