सुनसरीको इटहरी रङ्गशालामा चैत्र १९ बाट सुरु भएको १२ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०७८ को चैत्र २६ गते फाइनल म्याच हुने भएको छ।
सगरमाथा युवा क्लब र त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा पुग्न सफल भएका हुन् । इटहरी रङ्गशालामा गत बुधवार सम्पन्न भएको पहिलो सेमिफाइनलमा रोलीङ् क्लब झापालाई २-१ को गोल अन्तरले ले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै गत बिहीबार मनाङ मर्स्याङ्दी क्लबलाई ४-२ को गोल अन्तरले पराजित गर्दै सगरमाथा युवा क्लब फाइनलमा प्रवेश गरेको थियो ।
यी दुई टिमहरू बिच भोलि(चैत्र २६ गते) फाइनल म्याच हुन गइरहेको छ ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु.७ लाख हात पार्ने छ, त्यस्तै उप विजेताले रु.३ लाख ५० हजार प्राप्त गर्ने छ । यस प्रतियोगितामा दुई विदेशी टिम सहित ८ टिमको सहभागिता रहेको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP