श्रीमानको मृत्युपछि राज्यले महिलाहरूलाई एकल महिला सामाजिक सुरक्षा भत्ता दिने गर्दै छ । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।
गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषहरूको तथ्याङ्क सङ्कलन गरी भत्ता दिँदै आएको हो । गाउँपालिकाले एकै साथ एक कार्यक्रमका बिच ६२ जना एकल पुरुषलाई सम्मान पत्र सहित १२ हजारको दरले नगद र सम्मान पत्र प्रदान गरेको हो ।
विभिन्न कारणले श्रीमतीको मृत्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार स्थानीय सरकार भएको अनुभूति दिलाउन यो कार्यक्रम ल्याइएको हो । यसले महिला पुरुष बिचमा समानता पैदा गरेको भन्ने स्थानीयको बुझाई रहेको छ । यो सँगै ज्येष्ठ एकल पुरुषहरू हर्षित भएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP