विराटनगरमा नेपाली काँग्रेसले स्थानीय चुनावमा एक्लै लड्ने निर्णय

चैत्र २५, २०७८

नेपाली काँग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निर्णय गरेको छ ।  दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता छैन । विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन हुँदैन,’ नगर सभापति दीपक चापागाईँले भने, ‘केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको छ । केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा भएन । हामी स्थानीय तहले अवस्था हेरेर निर्णय गर्ने भनेपछि केन्द्रले लाद्न पाउँदैन ।’


चापागाईँका अनुसार विराटनगरमा वडा तहसम्मकै उम्मेदवारको नामावली सङ्कलन र सिफारिसको काम भइरहेको छ । हालसम्म १९ वटा वडामध्ये एउटा वडा १८ नम्बरबाहेक सबैको नामावली सिफारिस भएको उनले बताए । ‘हामी सबै उम्मेदवारको नामावली सिफारिस भोलि सम्ममा गरिसक्छौँ,’ चापागाईँले भने ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP