तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते

चैत्र २५, २०७८

अर्घाखाँची जिल्लाको सन्धिखर्क २ बेलबाटिकानजिकै तीर्थयात्री सवार बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ । स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले बताए ।


दुर्घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे र प्रहरी प्रमुख थापासहितको टोलीले उद्धार गरेको छ । बसमा पोखराका तीर्थयात्रीहरु सवार रहेको तथा सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचारका भइरहेको प्रहरी प्रमुख थापाले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP