स्याङ्जामा एक बालिकालाई जबरजस्ती करणीको आरोपमा ४३ वर्षीय यामबहादुर कुँवर पक्राउ परेका छन् । वालिङ नगरपालिका का ४३ वर्षीय कुँवरले १३ बर्सिया बालिकालाई चैत ११ गते जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
बालिकाका आफन्तले चैत २३ गते वडा प्रहरी कार्यालयमा वालिङ्मा जबरजस्ती करणीको उजुरी दर्ता गराएपछि उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट बिहीबार म्याद थप भई अनुसन्धान अघि बढेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जनाए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP