इजरायलको तेल अभिभा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने, कयौँ घाइते भएका छन् । विगत २ सातामा इजरायलमा भएको यस किसिमको चौथो हमला हो । घटनाको केही घण्टाभित्रै इजरायलले आक्रमणकारीलाई मारेको पुष्टि गरेको छ ।
इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हिजोको हमला गर्ने आतङ्कवादीलाई खोजेर मारिएको छ ।’
इजरायलको आपत्कालीन सेवाका प्रवक्ताका अनुसार हमलापछि घाइते भएका ९ जनालाई अस्पताल लगिएको थियो । जसमध्ये ४ को अवस्थामा गम्भीर छ । बिहीबार राति जारी गरिएको बयानमा इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले हमलामा मारिएका मानिसको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेका छन्,‘इजरायली सुरक्षा सेवाले उक्त आतङ्कवादीको खोजी गरिरहेको छ, जसमा तेल अभिभा यो हत्या गरेको थियो । -बिबिसी
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP