कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४, राजपुरमा मिक्स्चर ट्रकले साइकल यात्री र तीन पैदल यात्रीलाई एकैसाथ ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
घाइते हुनेमा साइकल यात्री महाराजगन्ज नगरपालिका–५ का ६० वर्षीय गुञ्जी यादव, पैदल यात्री उनकी ३० बर्सिया छोरी इन्द्रावती यादव, सात बर्सिया नातिनी कविता र ६ वर्षीय नाति वृजेशकुमार यादव रहेका छन् । उनीहरूलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा पठाइएको छ । घाइतेमध्ये साइकल यात्री गुञ्जीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
भारतीय नम्बर प्लेटको मिक्स्चर ट्रकले हिजो बेलुका करिब साढे ८ बजे उनीहरूलाई ठक्कर दिएको थियो । त्यस लगत्तै मिक्स्चर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महाराजगन्जले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP