नेकपा एमालेको बझाङमा हुन गइरहेको विशाल जनसभामा ५० हजार बढीको सहभागी हुने

चैत्र २४, २०७८

नेकपा एमाले जिल्ला कमिटी बझाङले विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तीव्र पारेको छ । यही चैत २८ गते बझाङको सदरमुकाम चैनपुरमा हुने विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जनताको घरघरमा ५० हजार निमन्त्रणा कार्ड वितरण गरिने बताइएको छ । 


हालसम्म ३५ हजार बढी नागरिकलाई निमन्त्रणा कार्ड बाँडिएको जनाइएको छ । कार्यक्रमको प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । 


बुधवार नेकपा एमालेको पार्टी कार्यालयमा बसेको प्रचारप्रसार उपसमितिको बैठकले कार्यक्रमको प्रचारप्रसारका लागि ६ वटा प्रस्तावहरू माथि छलफल गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेको प्रचारप्रसार उपसमितिका संयोजक आनन्दलाल विकले जानकारी दिए ।  


चैत्र २८ गते हुने कार्यक्रमका लागि अहिले मञ्च व्यवस्थापन तथा अन्य तयारीको कामलाई तीव्रता दिइएको छ । उक्त विशाल जनसभामा जिल्लाभरिका ५० हजार नागरिकलाई उतार्ने नेकपा एमाले बझाङले जनाएको छ । 


जनसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । कार्यक्रममा अन्य पार्टीका राम्रै पहिचान भएका नेताहरूसहित १ हजार बढीलाई नेकपा उमालेमा प्रवेश गराउने लक्ष्य रहेको नेकपा एमाले जिल्ला कमिटी बझाङका इन्चार्ज भैरव बहादुर सिंहले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP