पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र पठाएका छन्। जहाज भित्रैबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेको विषयमा काउन्सिलले सोधेका प्रश्नहरुको धमलाले जवाफ पठाएका हुन् ।
धमलाले स्पष्टीकरण पत्रमा जनतालाई छिटो समाचार दिँदा गल्ती भएको स्वीकारेका छन् । काउन्सिल स्रोतका अनुसार उनले हिजो बुझाएको पत्रमा आफ्नो गल्ती स्वकारेको र अब त्यस्तो दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
धमलाले पत्रकार आचारसंहिताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन् । उनले अबदेखि यस्ता विषयमा ध्यान दिने पनि उल्लेख गरेको काउन्सिल स्रोतले जनायो ।
धमलाले त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कँदा आइतबार साँझ जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेका थिए । जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि उनले बलजफ्ती गरेका भिडिओ फुटेजहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
उक्त घटनापछि प्रेस काउन्सिलले सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादाविपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएको भन्दै स्पष्टीकरण सोधेको थियो।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP