नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्यो

चैत्र २४, २०७८

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो । 


आज सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुन ९८ हजार ५  सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यसै गरी, आज चाँदीको मूल्य  पनि तोलामा १० रुपैयाँले बढेर १३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP