उदयपुरमा कोही नभएको मौका पारी एक महिलाको हत्या साथै गहना लुटपाट

चैत्र २४, २०७८

उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ बर्सिया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको गए राति हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएको श्रीमान् बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।


श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयवासीले बताएका छन् ।

 
घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।-रातो पाटी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP