झापाको हल्दिबारी स्थित पशुपति चोकमा करेन्ट लागेर ट्रिफर चालकको मृत्यु

चैत्र २३, २०७८

झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोक स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा १ ज ७७४७ नम्बर को टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिद्युतको तारमा छुँदा करेन्ट लागेर टिफर चालक हल्दिबारी-५ का ४८ वर्षीय विक्रम तामाङ घाइते भएका हुन् ।


तामाङलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP