भारतको उत्तर प्रदेशमा कुकुरको आतङ्क, २ बालबालिकाको कुकुरले लियो ज्यान

चैत्र २३, २०७८

भारतको उत्तर प्रदेशमा फेरि एक पटक दर्दनाक घटनामा कुकुरको संलग्नता पाइएको छ । त्यहाँ कुकुरले पाँच वर्षकी एक बालिकालाई सिकार बनाएको छ । यस घटनापछि स्थानीय स्तरमा आतङ्क फैलिएको छ ।


यसै गरी हापुुडको जनपद निवासी एक व्यक्ति जेपीनगरस्थित ससुराल गएका थिए, जहाँ भुस्याहा कुकुरको आक्रमणमा उनका ९ वर्षीय छोराको ज्यान गएको थियो ।


चिलकाना क्षेत्रमा पर्ने बुड्ढाखेडा गाउँमा जावेद नाम गरेका व्यक्ति आइतबार साँझ घरबाट पसलतर्फ गएका थिए । घर पसलबिच खाली खेत छ । पाँच वर्षकी छोरी शिफा उनको पछिपछि आएकी थिइन् । छोरी पछिपछि आइरहेको उनलाई थाहा थिएन । यसैबिच जब छोरी खेतमा पुगिन्, भुस्याहा कुकुरको समूहले ती बालिकामाथि आक्रमण गरेको थियो ।


कुकुरले उनलाई घिसारेर अर्को खेतमा लगेको थियो । यो घटनामा उनको तत्कालै मृत्यु भएको थियो । राति जब जाबेद पसलबाट फर्केर आए, छोरीलाई घरमा भेटेनन् । परिवारले छोरी उनको पछिपछि नै गएको बताए । त्यसपछि परिवार र गाउँका मानिसले बालिकाको खोजी गरे । धेरै समयको खोजीपछि बालिकाको शव खेतमा क्षत विक्षत अवस्थामा प्राप्त भएको थियो ।


बालिकाको शव फेला परेपछि परिवारमा आतङ्क मच्चिएको थियो । परिवारले प्रहरीलाई यस घटनाको बारेमा सूचित गरेपछि राति अबेर बालिकाको अन्त्येष्टि गरिएको छ ।-रातो पाटी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP