झापाबाट प्रहरीले १४ ग्राम लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ

चैत्र २३, २०७८

प्रहरीले १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्का रहेका छन् ।


खड्कालाई मङ्गलवार दिउँसो मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडिबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP