मङ्गलवार तोलामा १ रुपैयाँले बढेको सुन आज ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार सुन तोलामामा ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । यसै गरी, तेजाबी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मङ्गलवार को तुलनामा चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP