नेपाल आयल निगमले फेरी पेट्रोलीयम पदार्थको मुल्य बढायो(बिज्ञप्ती)

चैत्र २३, २०७८

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम संचालक समितिको बैठकले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाउने निर्णय गरेकाे हाे । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने एलपी ग्याँसको अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP