श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकै दिनमा राजीनामा दिए

चैत्र २२, २०७८

श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एक दिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पूरा नहुँदै बुधवार बिहान राजीनामा दिएका हुन् ।  


सोमबार उनसँगै अरू तीन गरी चार मन्त्रीले शपथ लिएका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।


अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उनले राजीनामा दिए । त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भए पनि जिम्मेवारी दिन सकिने उहाँको भनाई छ ।


तर, राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारेका हुन् । -बिबिसी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP