तनहुँको शुक्लागण्डकी नगरपालिकामा बस दुर्घटना हुँदा १५ जना घाइते

चैत्र २२, २०७८

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा मंगलबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको बा५ख५८१७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१ख५९०० नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको रत्नहरि अस्पताल दमौली, ११ जनाको जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार गम्भीर अवस्थामा रहेको २ जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP