इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु)लाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि उपाध्यक्ष राईले फाकफोकथुम गाउँपालिकाबाट युवाहरुलाई सिजनेबल कामदारको रुपमा दक्षिण कोरिया लैजाने विवादका क्रममा सोही गाउँपालिका वडा नम्बर १ का कृष्ण खड्कालाई कुटपिट गरेर घाइते बनाएकोे भनी जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी राईलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी गराए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP