उदयपुरमा १५ बर्सिया बालीकाको हत्याको आशङ्का(फोटो फिचर)

चैत्र २२, २०७८

उदयपुरको बेलका नगरपालिका-३ बुद्धचौकीकी एक बालिका मृत फेला परेकी छीन् । बिहान साँढे ४ बजे घरबाट ट्युसन पढ्न निस्किएकी १५ बर्सिया बालिका कविता सुनवारको जशोधा खोलामा हत्या भएको आशङ्का गरिएको हो


उनको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।


कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइई को परीक्षा नजिकिँदै गर्दा तयारीका लागि ट्युसन पढ्न सधैँ बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताएका छन् । 


मृतक बालिकाको टाउकोमा चोटपटक लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का रहेको छ । घटना स्थललाई प्रहरी सुरक्षा घेरामा राखेको छ । कुकुरसहितको विशेषज्ञ टोली झिकाइएकाले प्रमाण नष्ट हुन नदिन सुरक्षा घेरामा राखिएको एसपी बोहोराले बताए ।

घटना बारे अनुसन्धान अघी बढाईएको प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP