नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

चैत्र २२, २०७८

नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार  सुन तोलामामा १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसै गरी, तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँ तोकिएको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको मूल्य भने सोमबारको तुलनामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोलाको १३४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी प्रतितोलाको १३५० रुपैयाँमा कायम गरिएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP