श्रीलङ्कामा आपत्कालीन स्वास्थ्य अवस्था घोषणा

चैत्र २२, २०७८

श्रीलङ्कामा मङ्गलवार देखी आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो ।


यसअघि आपत्कालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो । बिरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा। सेनाल फर्नान्डोले बताए। सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP