इटहरी २ हलगडामा बेवारिसे झोला भेटिएपछि बम भएको आशङ्कामा नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ । १२.३० मा स्थानीयले रातीदेखि उक्त झोला सडक किनारमा रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय इटहरीले सेनालाई झोलाको बिषयमा जानकारी गराएको थियो ।
अहिले प्रहरी र सेनाले उक्त झोला खोल्ने तयारी गरिरहेको इटहरीका डीएसपी खगेन्द्र खड्काले अपराध न्युजलाई जानकारी दिए । ‘हेर्दा प्लाष्टिकको झोला भित्र कपडा जस्तो देखिन्छ, स्थानियहरु एक साता अघि सोही ठाउँदेखि नजिकै बम बिस्फोट भएको घटनाले त्रसित बनेका हुन’ डीएसपी खड्काले भने, ‘सेनाले बम भए नभएको अनुसन्धान गदैछ ।’
गत १४ गते इटहरी २ नवजागृति टोलमा बम बिस्फोट हुँदा दुईजना हिमाल सुरक्षा परिषदका कार्यकर्ता घाइते भएका थिए । प्रहरीका अनुसार झोला सडक किनारको नालामाथि रहेको छ । झोला भेटिएको स्थानमा कृष्णदल गण इटहरीबाट सेनाको टोली पुगेको छ ।-अपराध न्युज
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP