स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते, दुईको अवस्था गम्भीर 

चैत्र २१, २०७८

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । चापाकोट नगरपालिका–८ प्याक्लुङमा निर्माणाधीन पुलमा बीम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो । 


स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरूको पाल्पामा उपचार भइरहेको छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए । घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP