लिबियाबाट शरणार्थी बोकेको डुङ्गा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको सो डुङ्गा केही दिनअघि लिबिया छाडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणमा जनाइएको छ ।
एलेग्रिया १ नामक एक व्यावसायिक ट्याङ्करले शनिवार बिहान भूमध्य सागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ । डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन् ।
एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया अफ्रिकी र एसियाली आप्रवासीहरूका लागि युरोप जाने प्रमुख प्रस्थान बिन्दु बनेको छ । आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार पछिल्लो हताहतबाहेक यस वर्ष भूमध्य सागरमा डुबेर ३६७ जनाको मृत्यु भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP