ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

चैत्र २१, २०७८

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । मीनबहादुर पनि घाइते भएको र उनको उपचारको लागि अस्पताल लगिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP