चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका एक जना पुरुषको बाघको आक्रमणबाट ज्यान गएको हो ।
बाघको आक्रमणबाट माडी नगरपालिका–९, बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । माडी नगरपालिका–९, बाँदरझुलाका ३९ वर्षीय विकलाई हिजो साँझ बाघले खाएको हो । निकुञ्जका अधिकारीहरुका अनुसार भरतपुर महानगरपालिका–२३ स्थित निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा उनलाई बाघले आक्रमणबाट गरेको थियो ।
आफन्तको घरमा बस्दै आएका उनको घटनास्थलमा नै मृत्यु भएको हो । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको थियो । बाघको आक्रमणबाट सुरेश विकको ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP