सिरहामा लागु औषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका-२३ का ३० वर्षीय अजय सहनी र २७ वर्षीय शंकर सहनी रहेका छन् । सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य २ जना लागुऔषध कारोबारी भने फरार भएको प्रहरीले जनाएको छ ।
उनीहरुबाट लागुऔषध नुफिन ३ सय एम्पुल, प्रोमेथाजोन हाइड्रो क्लोरिडिन २ सय ५१ एम्पुल, डाईजिपाम २ सय ९८ एम्पुल र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाही पक्रीया अगी बढाईएको प्रहरीले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP