मोरङस्थित उर्लाबारीका मेयर खड्ग फागोले सरकारी गाडी फिर्ता दीने

चैत्र २०, २०७८

थप कार्यविधि बनाएर विकासका गतिविधि अघि बढाउन नसकिएको भन्दै मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सरकारी गाडी फिर्ता गरेका छन् ।


फागोले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई नै फिर्ता दिएको घोषणा शनिवार पत्रकार सम्मेलनमार्फत गरेका हुन् । उनी काङ्ग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमत कार्यपालिका सदस्यले विकासका योजना अघि बढाउन नदिएपछि नैतिक रूपमा अप्ठेरो परेकाले गाडी फिर्ताको निर्णय लिएको फागोले बताए । 


उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक गत चैत १६ गते बोलाइएको थियो । नेकपा एमालेबाट निर्वाचित भएकाहरूले नमानेपछि बैठकमा प्रस्तुत भएका प्रस्तावका बारेमा कुनै निर्णय हुन नसकेको जानकारी उनले दिए । उनका अनुसार बैठकमार्फत कार्यविधि निर्माण गरेर ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकास निर्माणका कामलाई अघि बढाउने योजना थियो । 


‘कार्यविधि बनाएर प्रत्येक वडामा सडक कालोपत्रेका लागि ३० लाखका दरले रकम छुट्टाउने योजना थियो । सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौँ,’ मेयर फागोले भने, ‘एमालेबाट निर्वाचित जनप्रतिनिधिले नदिएकाले बैठकबाट निर्णय गर्न सकिएन । जसका कारण विकासका काम रोकिएपछि सरकारी गाडी चढेर हिँड्नु उपयुक्त लागेन।’

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP