चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । गएराति परेको चट्याङका कारण भलिबल खेलाडी सिरिजंघा गाउपालिका २ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । राति करिब १० बजे तिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागेर घाइते भएका भट्टराईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याउना साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुकेश जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा चिनिन्थे ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP