विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिवार बिहान मृत फेला परेका छन् ।
अस्पतालनजिक डेरा बसेको घरको कम्पाउन्डभित्र बिहान ७ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको हो ।
घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुईँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘डेरा बसेको घरको कम्पाउन्डभित्र चिकित्सक मृत फेला परेको जानकारी बिहान आएको हो,’ उनले भने, ‘तत्काल प्रहरी परिचालन गरेर घटनाका बारेमा अनुसन्धान थालिएको छ।’
डिएसपी श्रेष्ठका अनुसार डा.यादवको मृत्युको कारण खुल्न सकिरहेको छैन । यद्यपि घटनास्थलको प्रकृति हेर्दा हाम फालेर उनले आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
श्रेष्ठले शव पोस्टमार्टमका लागि पठाएर घटनाको थप अनुसन्धान अघि बढाइने बताए । अनुसन्धानपछि मृत्युको कारण यकिन हुने उनको भनाइ छ ।
घटना बारे अनुसन्धान अगि बढाईएको उनले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP