आज(आइतवार) इटहरीमा स्कुल बसले महिलालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
बेबिलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसले अन्दाजी ३५, ४० वर्षकी महिलालाई आइतवार बिहानको करिब ५:३० बजे इटहरी-१८ कान्छिचोक चतरा सडकखण्ड स्थित नयाँ टोलमा ठक्कर दिएको थियो । उक्त ठक्करका कारण महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले बताएको छ ।
महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
तीव्रगतिमा रहेको बसका चालक तत्काल फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्कुल बस इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP