अनेमसंघ धर्मदेवीको अध्यक्षमा सुष्मिता खड्का

चैत्र २०, २०७८

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) धर्मदेवी नगर कमिटी गठन गरिएको छ । शनिबार मुडे शनिश्चारे भएको दोस्रो नगर अधिवेशनले सुष्मिता खड्काको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा भुला भण्डारी, सचिवमा करिश्मा श्रेष्ठ, सहसचिवमा समिता खत्री कार्की र कोषाध्यक्षमा सोभा गिरी भारती चयन भए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य भिम लिंखा, जिल्ला समन्वय समिति संखुवासभा उपप्रमुख अम्बिका खबास , नेकपा एमाले धर्मदेवी इन्चार्ज तथा जिल्ला कमिटी सदस्य उदय चन्द्र पौडेल जिल्ला कमिटी सदस्य श्याम बहादुर पौडेल, लक्ष्मी गिरी र नगरकमिटी अध्यक्ष सुर्य पौडेल, उपाध्यक्ष कविता श्रेष्ठको उपस्थिति थियो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP