महोत्तरी नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो रहेको सशस्त्र प्रहरी बल महोत्तरीले जनाएको छ।
आरोपीहरूको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा श्रोत नखुलेको रकम फेला परेको थियो।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP