एप्पल, फेसबुक र डिस्कर्डलेनै ह्याकरहरूलाई प्रयोगकर्ताको डेटा पठाए

चैत्र १८, २०७८

एप्पल, फेसबुक र डिस्कर्डले ह्याकरहरूलाई प्रयोगकर्ताको डेटा पठाएका छन् ।  ब्लुमबर्गको रिपोर्ट अनुसार कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले पठाएको सक्कली इमेललाई ह्याकरहरूले बिगारेर प्रयोगकर्ताहरूको निजी डेटा चोरी गरेका छन् ।


अमेरिकाको कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले प्रयोगकर्ताको डेटा माग्न फेसबुक, एप्पल र डिस्कर्डलाई इमेल गरेका थिए तर उक्त इमेल ह्याकरहरूले पहिले नै बिगारेका  कारण  फेसबुक, एप्पल र डिस्कर्डले इमेलको जवाफ पठाउँदा ह्याकरहरूलाई डेटा गएको हो । 


एप्पल र फेसबुकले दिएको प्रयोगकर्ताको डेटामा प्रयोगकर्ताको सब्सक्राइबरको विवरण, ठेगाना, फोन नम्बर र आईपी एड्रेस जस्ता जानकारी रहेका छन् । 


ह्याकरहरूले स्नापच्याटलाई पनि लक्षित गरेर नक्कली इमेल पठाएका थिए तर स्नापच्याटले विवरण दिएको की छैन भन्ने बारे कुनै पनि जानकारी रहेको छैन ।


त्यस्तै क्रेब्सन सेक्युरिटीका अनुसार डिस्कर्डले पनि डेटा ह्याकरलाई दिएको छ । उक्त दिएको डेटामा डिस्कर्ड अकाउन्टहरूको इन्टरनेट एड्रेस हिस्ट्री समावेश छ । 


ल इन्फोर्समेन्टले पहिले पनि कुनै पनि अकस्मात् परिस्थितिमा प्रयोगकर्ताको डेटा मागिरहेको हुन्छ, जस कारण यी सामाजिक सञ्जाल जायन्टहरुले यो पटक पनि खासै याद नगरेर इमेल पठाएका थिए तर ह्याकरले सो इमेल पहिले नै बिगारेकाले प्रयोगकर्ताको डेटा सबै ह्याकरकोमा पुगेको हो ।


यो ह्याक पनि ल्यापससले नै गरेको अनुमान गरिएको छ । हालैमा ल्यापससले सामसङ, माइक्रोसफ्ट र ओक्टा जस्ता कम्पनीहरूलाई ह्याक गरेको थियो । -बिबिसी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP