शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ आज बढेर ९९ हजार ७०० रुपैयाँ पुगेको छ भने यसअघि प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको तेजाबी सुन आज ९९ हजार २०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP