अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा

चैत्र १८, २०७८

अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् ।


गुटरेसले ट्विटरमा लेखेका छन् । अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन् । विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ । नब्बे लाख मानिसहरू भोकमरीको जोखिममा छन् ।

अर्थव्यवस्था ध्वस्त भएको छ । गत वर्ष अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी छ ।


तालिबानले गैर न्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारको ठुलो रोलब्याक, सेन्सरशिप र मिडियाविरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP