सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सचिवको मृत्यु

चैत्र १७, २०७८

सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।


इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP