जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु

चैत्र १७, २०७८

जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार स्थानीय पुष्पवाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका १४ स्थित खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।


जनकपुरबाट लक्ष्मीनियातर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको उक्त बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लामिछाने गम्भीर घाइते भएका थिए । घाइते लामिछानेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।


ठक्कर दिने बसका चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP