सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राईले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
गए राति राईले ३७ बर्सिया श्रीमती मनिला राईमाथि खुकुरी प्रहार गरेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।
सोही टोलीले राईलाई पक्राउ गरेको हो । उनीहरूबिच सामान्य विवाद हुँदा आवेशमा आएर श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP