कैलालीमा बङ्गुर खाएको भन्दै स्थानीयले थापेको पासोमा परी चितुवा मर्‍यो

चैत्र १७, २०७८

कैलालीमा किसानको बङ्गुर खाएर भागेको चितुवालाई स्थानीय बासिन्दाले पासो थापेर मारेका छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० नजिकै झिरोखामा भन्ने स्थानमा पासो थापेर चितुवा मारिएको हो ।


पासो कसले र केका लागि हालेको भन्ने केही पनि खुलेका छैन । चितुवा बिहीबार बिहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउँदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए । उनका अनुसार उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ चितुवा मरेको हो ।


पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए । उक्त वन क्षेत्रमा पटक पटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन् ।

श्रोत सामाजिक सञ्जाल

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP