नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् ।
गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुमा टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो ।
बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मतरुमा अध्यक्षमा चयन गरेको हो ।
पार्टी कार्यालयमा अनेरास्वीयुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो ।
बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन्द्र घिमिरे, सहसचिवहरुमा नविन पहाडी, संगम कान्दवा, सागर थापा, अनिशा गिरि र कोषाध्यक्षमा सरु गुरागाईंलाई चयन गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP