वरिष्ठ पत्रकार किशोर नेपाल कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
रिपोर्टस क्लव नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई सम्मान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार नेपाललाई सम्मान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकाे नामबाट क्लबले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएकोे छ ।
एक लाख रुपैयाँ र ताम्रपत्रसहित पत्रकार नेपाललाई सम्मान गरिएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP