लागुऔषध ब्राउनसुगरसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-४ का ४३ वर्षीय किशोर सुनुवार र काठमाडौं-५ का ३१ वर्षीय सन्त महर्जन छन् । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई मेचीनगर-६ बाट पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट पश्चिम जाँदै गरेको प्र ३-०१-००६ख ०६२६ नम्बरको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबैको साथबाट २८ ग्राम ब्राउनसुगर फेला परेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अगी बढाईएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP