आज सुनको मुल्यमा सामान्य बृद्धी

चैत्र १७, २०७८

साताको पाँचौं दिन आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मूल्य आज(बिहीबार) एक सय रुपैयाँले बढी तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।


तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँ तोकिएको छ ।


सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP