राजश्व छली गरेको आरोपमा एक भारतीय नागरिकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले बुधवार विमला इन्टरनेसनल प्रालिका ३२ वर्षीय अमित कुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीसँग तीन करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवाना माग गरी अदालतमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
भारत पश्चिम बङ्गाल घर भएका अग्रवाल काठमाडौँ(१३ ताहाचलमा बस्दै आएका थिए ।
उनको कम्पनीले कानुन बमोजिमको बिजक जारी नगरी अर्डर र स्टिमेट फारम, लुज बिल, गैरबिजक जारी गरी राजश्व छली गरेको आरोप लागेको छ ।
विभागले अनुसन्धानका क्रममा ३ करोड १७ जार ९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८० लाख १४ हजार ७५३ रुपैयाँ आयकर छलेको देखिएको बताएको छ ।
उनी बसेको ठाउँबाट विभागले एक करोड पचास लाख रुपैयाँ बरामद गरेको छ । उक्त बरामद रकम जफत प्रयोजनका लागि अदालतमा पेस गरिएको विभागले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP