“गठबन्धन एक-एक केजीको पाँच वटा ढक, क्विन्टलको ढक एमाले” :ओली

चैत्र १६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमाले अत्यधिक मत लिएर विजयी हुने बताएका छन्। भक्तपुरमा सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रा.लि को उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई गठबन्धनले प्रभाव नपार्ने भन्दै अत्यधिक मतका साथ विजयी हुने बताएका हुन्।


उनले भने, ‘यदि एउटा तराजुमा एक-एक केजीको पाँच वटा ढक एकातिर राख्नुभयो। अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो। गठबन्धन भनेको एक-एक किलोका ढक हुन्। त्यो पाँच वटा गठबन्धनले के गर्छ ?’ओलीले भने,‘गठबन्धन सक्छन् भने गरुन्। लोभी पापीहरूको गठबन्धन कति गाह्रो होला। गठबन्धनमा झगडा हुन्छ, कुरा मिल्दैन भनेर निर्वाचन आयोगले पनि दुई दिनको समय छुट्टाएको छ।’


उनले राजनीतिमा छक्काउने काम भएको भन्दै अन्त नअलमलिई एमालेमा आउन अनुरोध गरे। आफ्नै पालामा देश बनाउन बताए। ओलीले भने,‘गठबन्धन गरे पनि एमालेसँग सकिँदैन भनेर बुझ्न बाँकी छ। गठबन्धन गरे पनि उहाँहरू एमालेसँग लड्न सक्नुहुन्न।’ 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP