बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले उपलब्ध गराएको मूल्य सूची अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । मङ्गलवार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार छापावाल सुन आज घटेर ९८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।
त्यस्तै, यसअघि ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर ९७ हजार ७०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यता, चाँदी पनि आज घटेर एक हजार ३६० रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँ रहेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP