पाेखरामा ट्रककाे ठक्करबाट एक छात्राकाे ज्यान गयाे, एक छात्रा घाइते

चैत्र १६, २०७८

पोखराको सभागृहचोकमा बिहान ट्रकको ठक्करबाट एक छात्राको ज्यान गएको छ । एक जना घाइते भएकी छिन् ।

ना ६ प ४७ २५ नम्बरको ट्रकले ग १६ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक १८ वर्षीया अञ्जना पाइजाको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् । स्कुटरको पछाडी बसेकी छात्रा मिना गुरुङ भने सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

पोखरा–१५, नयाँ गाउँमा रहेको घरबाट स्कुटर चलाएर कलेज जाँदै गर्दा दुर्घटना भएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा ज्यान गुमाएकी पाइजा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP